माओवादीबाट गढवा गाउँपालिका अध्यक्षमा शर्मा र यादवको नाम सिफारिस
बुधबार, ०७ वैशाख २०७९, ११ : ५३
नेकपा माओवादी केन्द्रबाट दाङको गढवा गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा ‘विश्वास’ रामप्रसाद यादवको नाम सिफारिस भएको छ । गाउँपालिका कमिटीबाट सर्वसम्मत हुन नसकेपछि शर्मा र यादवको नाम सिफारिस भएको हो ।
उपाध्यक्षमा भने कसैको नाम सिफारिस भएको छैन। काँग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले अध्यक्षमा मात्रै नाम सिफारिस भएको हो । माओवादीले अध्यक्ष लिएर उपाध्यक्ष काँग्रेस र एकीकृत समाजवादीलाई छोड्ने तयारी गरेको छ ।
यसअघि गढवामा माओवादीले झिने मत अन्तरले पराजित भएकाले अध्यक्षमा एकल जित्ने आँकलन छ । यसअघि गढवा गाउँपालिका अध्यक्षमा सहजराम अहिर र उपाध्यक्षमा शान्ति चौधरी दुबै एमालेले जितेका थिए । अहिरले एमाले रोजे पनि चौधरीले एकीकृत समाजवादी रोजेकी छिन् । उपाध्यक्ष चौधरी मेटमणि चौधरीकी दिदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण