ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट
अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्याएको छ ।
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले असिनाले करोडौंको क्षति भएको जानकारी दिए । ठुलोलुम्पेकमा मात्र नभइ वडा नम्वर ५ को नेटा गाउँ र ८ को भार्से गाउँमा समेत असिनाले ठुलो क्षति गरेको ढकालले सुनाए । उनले अहिलेसम्मकै ठूलो असिना परेको समेत सुनाए । किसानको क्षतिपूर्तिका लागि राज्यको माथिल्लो निकायको ध्यान जानुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण