राप्रपाका जनप्रतिनिधिले काम गरेनन् भने म कारबाही गर्छु : रेखा थापा
अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले आगामी स्थानीय तह निर्वाचनमा राप्रपालाई जिताउनु पर्ने बताएकी छन् । राप्रपाले धेरै सपना नबाँड्ने र जनताको सरोकारको विषयमात्रै बोल्ने थापाको भनाइ छ ।
बिहीबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन् । उनले सबै नेता कार्यकर्ताले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्नेमा पनि जोड दिइन् । ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन’, थापाले भनिन् ।
उनले बुटवल महानगरपालिकामा पार्टीलाई जिताएको खण्डमा जनताको हितमा काम गर्ने पनि उनले बताइन् । यदि बाचाअनुसार काम नगरे जनकारवाही गराउन आफू लागिपर्ने उनको भनाइ छ । ‘यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नु भएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु’, उनले भनिन्, ‘तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु । एज अ कालारकारको सिवासले पनि र जनताको हैसियतले पनि ।’
उनले गणतन्त्रमा गाली गर्ने संस्कार मौलाएको भन्दै गाली गरेर पार्टी र देश बन्न नसक्ने जिकिर बताइन् । उनले अहिलेको आवश्यकता सबै मिलेर राष्ट्र निर्माण गर्नु भएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण