गुल्मी गठबन्धन : सहमतिको अन्तिम चरणमा
गुल्मीको सत्तारुढ गठबन्धन दलहरु सहमतिको अन्तिम चरणमा पुगेका छन् । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीका अनुसार गठबन्धनका दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार धुर्कोट गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको आ–आफ्नै अडान मिलाउने जिम्मा प्रदेशलाई दिइएको छ । माओवादी केन्द्रले धुर्कोट, मालिका, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिका पाउने भएको छ । तर धुर्कोटमा काँग्रेसले आफूले प्रमुख नपाउने भएपछि मदाने गाउँपालिकाको प्रमुख दिनु पर्ने प्रस्ताव गरेको छ ।
तर माओवादी केन्द्रबाट अघिल्लो निर्वाचनमा काँग्रेससँगको तालमेलमा पालिकाको प्रमुख पदमा विजयी भुपाल पोखरेलले नछाड्ने अडान लिएपछि विवाद मिलाउने जिम्मा प्रदेश कमिटीलाई दिइएको हो । यस्तै वडाहरूको पनि टुङ्गो लगाई सकिएको नेता जिसीले बताए । नेता जिसीका अनुसार एकीकृत समाजवादीले दुई पालिका उपप्रमुखसहित करिब एक दर्जन वडा पाउने भएको छ । जनमोर्चा र जसपाले पाउने वडाको पनि टुङ्गो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण