शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मितव्ययिताको वाचा गर्ने इमरान खान दिनकै हेलिकप्टरमा कार्यालय जान्थे, खर्च ५५ करोड

आइतबार, ११ वैशाख २०७९, २० : ४९
आइतबार, ११ वैशाख २०७९

पाकिस्तानका अर्थ मन्त्री मिफ्ताह इस्लमाईले बुधबार पूर्व प्रधानमन्त्री इमरान खानले हेलिकप्टर यात्रामा तीन वर्ष आठ महिनामा ५५ करोड खर्च गरेको बताएका छन् । उल्लेखनीय पक्ष इमरान खान सत्तामा रहुन्जेल हरेक दिनजसो हेलिकप्टर चढेर बनी गालास्थिति उनको निजी निवास प्रधानमन्त्री कार्यालय जान्थे, जुन जम्मा १५ किमीको दुरीमा छ । 

इमरान खानले अघिल्लो निर्वाचनको प्रमुख वाचामध्ये एक प्रशासनिक र राजनीतिक खर्च कम गर्ने पनि थियो । इमरान खानको हेलिकप्टर यात्राको विषय अहिले सार्वजनिक भएको भने होइन। उनी शक्तिमा आएको केही समयपछि दैनिक आवागमनमा हेलिकप्टरको प्रयोगलाई लिएर आलोचना भएको थियो। तथापि तत्कालीन सूचना मन्त्री फवाद चौधरीले हेलिकप्टर यात्रामा प्रति किमी ५५ पाकिस्तानी रुपैयाँमात्रै खर्च हुने भनेर खानको कार्यको प्रतिरक्षा गरेका थिए । धेरैले हुलिकप्टर यात्राको खर्च त्यति सस्तो हुने भन्ने फवादको दाबीमा आशङ्का जताएका थिए।

अहिले फवादको दाबीविपरीत खानको यात्रामा निक्कै धेरै खर्च भएको र त्यसलाई कागजपत्रमार्फत पुष्टि गर्नसक्ने अहिलेका अर्थ मन्त्री इस्माईलले चुनौती दिएका छन्। त्यस अतिरिक्त अघिल्लो सरकारले प्राकृतिक ग्यास क्षेत्रमा ४०० अर्ब डलरको ठुलो चक्रीय ऋण भार छाडेको बताएका छन्।  खानले उनको शासनको अन्तिम दिनमा पेट्रोलियम पदार्थको मूल्य परल मूल्यभन्दा निक्कै कम राखेर प्रति महिना १५० अर्ब पाकिस्तानी रुपैयाँको अनुदान दिनुपर्ने स्थिति निर्माण गरेका छन्। यसलाई खानले शेहबाज शरिफ नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पार्ने कदमको रूपमा हेरेको छ। 

द न्युज इन्टरनेसनलले वर्तमान सरकारका उच्च स्रोतलाई उद्धृत गर्दै शेहबाज सरकार तेलमा मात्रै प्रति महिना १५० अर्बको अनुदान तिरेर लामो समय बजेट धान्न नसक्ने सोचमा पुगेको छ। अर्कोतर्फ तेलको मूल्य बढाएमा जनआक्रोश भोग्नुपर्ने डर पनि छ। निर्वाचन नजिकिँदै गरेको स्थितिमा यस्तो कदम जोखिमपूर्ण नै हुन्छ।
एसियन न्युज इन्टरनेसनल(एएनआई)बाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप