कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु
भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको जानकारी दिए ।
हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
तर, अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।
'हिजो मंगलबार एक्सचेन्ज बजारमा ४५ हजार करोड युनिट बिजुली माग थियो,' घिसिङले भने, 'तर, बिक्रीमा जम्मा ६ करोड युनिट मात्र बिजुली राखियो ।' सोही कारण हाल भारतबाट बिजुली ल्याउनै मुस्किल भएकाले नेपालको माग धान्न सक्ने स्थिति नरहेको उनले बताए ।

भारतबाट नेपालले ३ माध्यमबाट बिजुली किन्दै आएको छ । एक्सचेन्ज बजार, राज्य सरकार बिहार र पावर ट्रेड कर्पोरेसनबाट बिजुली किन्दै आएको छ । तर, अहिले भारत नै बिजुली सङ्कटबाट गुज्रिदा यी तिनै माध्यमबाट बिजुली किन्न सकिएको छै ।
एक्सचेन्ज बजारमा मागेजति बिजुली लिन नसकिरहेको स्थितिमा बिहार सरकारले पनि विगत १ महिनादेखि नेपाललाई रातिको समयमा बिजुली दिन सकेको छैन । यस्तै पछिल्लो २/३ दिनदेखि दिउँसो पनि बिजुली दिन नसक्ने जानकारी प्राधिकरणलाई दिइसकेको छ । यससँगै वैशाख महिनाभर बिजुली सङ्कट हुने प्राधिकरणको भनाई छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ४ गुणासम्म बढेको छ । रुस-युक्रेन युद्धका कारण विश्वभर यसको मूल्य उकालो लागिरहेको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य कीर्तिमानी मूल्यमा बढ्दा ढुवानी लागत समेत बढेको छ भने कोरोना महामारीका कारण आपूर्ति प्रणाली नै खलबलिएको छ ।
सोहीकारण कोइलाबाट चल्ने भारतका पावर प्लान्टले मागेजति कोइला नपाएपछि उत्पादन कटौती गरेका छन् । यसका साथी भारतमा अहिले बिजुलीको माग ह्वात्तै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण