आईपीएल छाडेर स्वदेश फर्कन चाहन्छन् विदेशी खेलाडीहरू
काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पनि परेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध आक्रमण सुरु गरेपछि आईपीएलको खेलसमेत प्रभावित बनेको हो ।
आईपीएलमा बिहीबार राति धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबिच खेल हुने कार्यक्रम थियो । खेल सुरु पनि भइसकेको थियो । तर, १०.१ ओभरसम्म खेल भएपछि अप्रत्यासित रुपमा खेल रोकेर स्टेडियम खाली गराइएको थियो ।
रंगशालामा रहेका दर्शकलाई बाहिर निकालिएको थियो भने खेलाडीहरु पनि आफ्नो होटल फर्किएका थिए । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, त्रासका कारण केही खेलाडी खुट्टामा प्याड लगाएर नै हतारमा होटल फर्किएका थिए ।
‘हामीलाई पठानकोटमा भएको सैन्य आक्रमणको जानकारी दिइयो । हामीलाई तत्काल होटल फर्कन पनि भनियो । त्यसपछि अचानक स्टेडियमको स्थिति तनावपूर्ण बन्नपुग्यो । केही खेलाडीले खुट्टामा लगाएको प्याडसमेत खोल्न भ्याएनन् । उनीहरु प्याडसहितै बसमा सवार भएर होटल फर्किए,’ एक खेलाडीको भनाई उदृत गर्दै दी इन्डियन एक्सप्रेसले समाचार छापेको छ ।
यसैगरी, आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि पछिल्लो घटनाक्रमले निकै चिन्तित बनेको समाचारमा जनाइएको छ । ‘खासगरी विदेशी खेलाडीहरु निकै डराएका छन् । उनीहरु खेल छाडेर स्वदेख फर्कन चाहन्छन् । उनीहरुले आईपीएल आयोजकलाई पनि यस विषयमा जनाकारी गराएका छन्,’ ती खेलाडीले भनेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि आईपीएलमा सहभागी टोलीहरुलाई आफ्ना विदेश खेलाडीलाई पछिल्लो अवस्थाको बारेमा जानकारी गराउन निर्देशन दिएको छ । त्यसैले सहभागी टोलीले आफ्ना विदेशी खेलाडीलाई स्वदेश फर्कन चाहेमा सम्पूर्ण ब्यवस्था मिलाउने आश्वासन दिएका छन् ।
धर्मशालाको घटनाअघि नरेन्द्र मोदी स्टेडियम र जयपुरको सवाई मानसिंह स्टेडियलाई पनि बमले उडाउने धम्की प्राप्त भएको समाचारमा जनाइएको छ । यस्ता धम्कीहरु ई–मेलमार्फत प्राप्त भइरहेको सम्बन्धि राज्यका क्रिकेट संघहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण