तपाईं राजनीति बुझ्नु हुन्न माइला दाइ
आज छोरो चाँडै स्कूलबाट घर आयो । “बाबु के भयो ? छिटै घर आईस् त । सन्चो भएन कि के हो ?” माइला दाइले दैलामुनिको गरोमा मकै गोड्दै सोधे ।
“खोइ, पाले बा बाहेक कोइ छैनन् स्कूलमा । एक घण्टीसम्म त दश कक्षाको दाई र दिदीले पढाउनु भयो । त्यसपछि पाले बाले घर जानु भन्नु भयो,” भन्दै छोरो किताब पालीमा सिउरेर खेल्न दौडियो । “ए जेठा तेरो छोरो पनि आइसक्यो स्कूलबाट ?” खोल्सा पारीको बुढाघरे जेठाले सुन्ने गरी माइला दाइले चिच्याउदै सोधे ।
“आयो आयो, चुनाव लाग्यो रे नि, अब त ।” उताबाट त्यसै गरी ठुलो स्वरमा जवाफ आयो । भोट हाल्ने दिनसम्म त यी मकै पनि दोहोर्याउने योजनामा थिए माइला दाई । “कति छिटै आयो, यो चुनाव पनि ।” सोच्दै आफ्नै काममा व्यस्त भइरहे । दिनभरको घामले आत्तिएको उनी घाम पहेँलिएपछि किस्नेको चिया पसलतिर निस्कए । त्यहाँ स्कूलको गोपाल सर भेटिए ।
“सर आज त स्कूलमा कोही मास्टर पनि जानु भएन रे । चुनाव त अर्को महिनाको छेउतिर भन्ने सुनेको अगाडि आयो कि कसो हो ?” गोपाल सरलाई माइला दाइले सोधे । “पार्टीहरु भित्र कसलाई उठाउने भनेर छलफल हुनु परेन ? अरु सरहरु पनि आफ्ना् आफ्नो पार्टीमा जानु भयो । म पनि गठबन्धनको बैठकमा जानु थियो ।” गोपाल सरले बेलीबिस्तार लगाए ।
“त्यसको लागि पनि हाम्रा केटाकेटीहरुलाई पढाउने मास्टर नै जानु पर्छ र ?” माइला दाइले फेरि सोधे । “ह्या माइला दाइ, तपाईं राजनीति बुझ्नु हुन्न नि ।” गोपाल सरले बोल्न झर्को मान्दै जवाफ फर्काए ।
माइला दाइ पनि मनमनै “यस्तो राजनीति के बुझ्नु छ र हामलाई । बरु छोराछोरीहरुलाई पनि नसिकाए हुने ।” सोच्दै घरतर्फ लागे ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण