एन्फाको साधारण सभामा भाग लिन गणेश थापालाई बाटो खुला
काठमाडौँ । एन्फाको साधारण सभामा भाग लिन गणेश थापालाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले उनको पक्षमा फैसला गरेसँगै थापालाई एन्फाको साधारण सभामा भाग लिन बाटो खुल्ला भएको हो ।
एन्फाले साधारणसभा भाग लिन आफूलाई रोक्न सक्ने आशंकामा थापाले अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । पाटन उच्च अदालतले एन्फाको साधारण सभामा सहभागी हुन निवेदकलाई कुनै वाधा व्यवधान र अवरोध नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । वैशाख २१ गते उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै अदालतको आदेश रद्द गराउन एन्फाले भ्याकेटको निवेदन दिएको दियो । तर उच्च अदालतले आज एन्फाको भ्याकेट निवेदन अस्वीकार गरेको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले एन्फाको विपक्षमा आदेश गरेको हो । वैशाख २१ गते भएको अन्तरिम आदेशलाई नै बिहीबारको इजलासले निरन्तरता दिएपछि थापा एन्फाको साधारण सभामा जान पाउने भएका हुन् ।
एन्फाले थापालाई १६ अप्रिल २०१५ देखि लगाएको प्रतिवन्ध १५ अप्रिल २०२५ मा समाप्त भैसकेको छ । योसँगै अदालतले पनि बाटो खोलिदिएपछि उनी एन्फाको साधारण सभामा भाग लिन पाउने भएका हुन् ।
यसैगरी अदालतले उनका छोरा गौरव थापालाई पनि साधारणसभामा भाग लिन बाटो खुला गरेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण