सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
हटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग निजिकरण गर्ने सरकारको निर्णयको हेटौँडामा विरोध भएको छ ।
गत १५ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा सिमेण्ट उद्योगलगायत अन्य सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको माओवादी केन्द्र मकवानपुरले हेटौँडामा बिहीबार बिरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
माओवादी केन्द्रले बिहीबार हेटौँडा–२ स्थित मानसचोकबाट विरोध जुलुस निकाल्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई सरकारको निर्णय विरुद्धको ध्यानाकर्षणपत्र बुझाएको थियो ।
माओवादी केन्द्रले मन्त्रिपरिषद्को सरकारी स्वामित्वमा रहेका उद्योगहरु निजिकरण गर्ने १५ बैशाखको निर्णय गलत भएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
माओवादी केन्द्रले बुझाएको ध्यानाकर्षणपत्रमा हालैका वर्षहरूमा लामो सयमदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई समेत पुनः सञ्चालनमा ल्याउने माग भइरहँदा चलिरहेको सिमेण्ट उद्योगलाई निजीकरण गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उल्लेख छ ।
साथै, वर्तमान सरकार जनता र राष्ट्रको हितमा नभई, मुठ्ठीभर दलाल र विचौलियाको पक्षमा काम गरिरहेको आरोप लगाइएको छ ।
माओवादी केन्द्र मकवानपुरका जिल्ला संयोजक भीम पाख्रीन र इन्चार्ज विजय गौतमद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा हेटौँडा सिमेण्ट उद्योगलाई संरचनागत, प्रविधिगत र प्रशासनिक सुधारसहित नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ ।
उद्योगको कमजोर व्यवस्थापन र कमिसनमुखी प्रवृत्तिका कारण अहिलेको अवस्था आएको भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण