गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोशियारीबिच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोशियारीले मन्त्री लेखकसँग भेट गरेका हुन् ।
भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतङ्कवाद विरुद्धको लडाईंमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोशियारीसित कुराकानी भएको बताए ।
सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोशियारीले नेपाल र भारतबिच सदियौदखि सम्बन्ध रहेको बताए । उनले दुई देशबिचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण