शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता

बिहीबार, २५ वैशाख २०८२, २३ : १२
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोशियारीबिच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोशियारीले मन्त्री लेखकसँग भेट गरेका हुन् ।

भेटमा मन्त्री लेखकले भारतको  जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतङ्कवाद विरुद्धको लडाईंमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोशियारीसित कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता  कोशियारीले नेपाल र भारतबिच सदियौदखि सम्बन्ध रहेको बताए । उनले दुई देशबिचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप