कंगनाको ‘लक अप’ शोका बिजेता बने मुनव्वर फारुकी
आइतबार, २५ वैशाख २०७९, १० : १०
७० दिनको संघर्षपछि मुनव्वय फारुकी लकअपका बिजेता बन्न सफल भएका छन् । मुनव्वर फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ट बताइएको थियो । त्यसैले धेरैले उनलाई शोको बिजेता मानिसकेका थिए । मुनव्वर सबैको आशामाथि खरो उत्रिए, अन्त्यमा उनी शोको ट्रफी जित्न सफल भए ।
स्ट्यान्डअप कमेडीदेखि लकअपका बिजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना नीजि जीवनबारे विभिन्न खुलासा पनि गरे । शोको ट्रफी जित्नुका साथै मुनव्वरले लाखौँ मानिसको मन पनि जितेका छन् ।
ट्रफीबाहेक मुनव्वरलाई २० लाख नगद पुरस्कार, एर्टिगा र इटली यात्रामा जाने मौका पनि पाएका छन् । ट्रफी जितेपछि मुनव्वरले शो र उनका प्रशंसकलाई धन्यवाद दिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण