गठबन्धन बनाउन माओवादी केन्द्र र एकीकृत समाजवादीको योगदान : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् ।
गृहनगर मेचीनगरको धुलाबारीमा सोमबार साँझ आयोजित चुनावी सभामा उनले भने, “अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई/दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतन्त्रप्रति प्रहार गरेको आरोप लगाउँदै काँग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताए ।
दश वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि सङ्घर्ष गरेको नेपाली काँग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उनले घरपरिवार तालमेलबाट चले जस्तै देशलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गरे ।
महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहेका छन् । शर्माको गृहनगर मेचीनगरमा काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ । नगरप्रमुख पदमा काँग्रेसका इन्द्र बुढाथोकी र उपप्रमुखमा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार बनेका छन् । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण