‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु
मङ्गलबार, २७ वैशाख २०७९, १२ : ३४
बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ । जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो । जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिन लागेका हुन् ।
निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् । करणले २०२१ मा यो फिल्म घोषणा गरेका थिए । सुटिङको पहिलो दिनको तस्बिर सार्वजनिक गर्दै करण भनेका छन्, ‘‘मिस्टर एण्ड मिसेज माही’ को पुरै टिम मैदानमा ।’
फिल्ममा राजकुमार राव महेन्द्र र जाह्न्वी कपुर महिला क्रिकेटरको रुपमा देखिँदैछन् । फिल्म ७ अक्टुवर २०२२ फिल्म रिलिज हुनेछ । शरण शर्माको निर्देशन रहने फिल्म अभिनयका लागि जाह्न्वीले क्रिकेटको ट्रेनिङ पनि लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण