मत खसाल्न मकवानपुरमा तयार भए मतदान केन्द्र, तस्बिरमा हेर्नुहोस्
शुक्रबार हुने स्थानीय निर्वाचनको लागि मकवानपुरमा आवश्यक तयारी पुरा भएको छ । प्रदेशको राजधानी हेटौंडा सहित जिल्लाका १० स्थानीय तहहरूका सबै मतदान केन्द्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
एक उपमहानगरपालिका, एक नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको मकवानपुरको १६५ वटा मतदान स्थलको ३५६ वटा मतदान केन्द्रमा मतदान कार्यका लागि कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
मतदान केन्द्रहरुको संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन सुरक्षा समितिले थप कडाइका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै मतदान केन्द्रहरुमा सर्वदलीय बैठक सकेर बुथ निर्माणको काम धमाधम भइरहेको छ । त्यस्तै निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण कार्य पनि जारी रहेको छ ।
निर्वाचनमा मकवानपुरमा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरूले मतदानमा सहभागि हुनेछन् । मकवानपुरमा कुल मतदातामध्ये १ लाख ४ ९ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।
मतदान स्थलका केही तस्बिरः























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण