विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ ।
मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए । ‘सकेसम्म आजैदेखि सुरु गरौं भनेर हामी लागिरहेका छौं,’ प्रजिअ दाहालले भने, ‘तर, राती अबेर ११÷१२ बज्न सक्छ ।’
यता, विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आज मतगणना गर्ने तयारी गरेको भएपनि सुरु कतिबेला हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।
यसैबीच झापाको दमक नगरपालिकाको पनि आजै मतगणना कार्य सुरु गर्ने तयारी भएको छ । दमकका निर्वाचन अधिकृत केशव प्रसाद पन्तका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ । मतपेटिका संकलन भएपछि सर्वदलीय छलफल गरेर मतगणना सुरु गरिने उनले बताए ।
यता, सुनसरीको धरान उपमहानगरपालिकामा भने मतगणना भोली बिहान ८ बजेदेखि हुने भएको छ । ‘हामीले सर्वदलीय बैठक गरेर भोली बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेका छौं,’ नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोखरेलले भने । यता, सुनसरीको इटहरीमा अहिलेसम्म पनि कतिपय मतदानस्थलमा मतदान भइरहेको कारण मतगणनाको टुंगो नलागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण