डाबर नेपालको ‘रियल मोक्टेल्स’ बजारमा
काठमाडौं – उपभोक्ताको सन्तुष्टिलाई अझ विस्तारित गर्ने क्रममा, नेपालको नं. १ फ्रूट जूस कम्पनी, डाबर नेपालले रियल मोक्टेल्स अन्तर्गत दुई भिन्न स्वाद, पिना कोलाडा र भर्जिन म्यारीको विक्रि वितरण सुरु गरेको छ ।
रेष्टुरेन्ट्स तथा बारमा गई मोक्टेल्स र कक्टेल्सको अनुभव लिने र सोहि स्वाद र अनुभव घरमै परिवार तथा साथीहरुसंग बसेर लिन चाहनेको लागि यो उत्तम विकल्प हुने कम्पनीको दावी छ । रियल मोक्टेल्स विज्ञहरुद्वारा उचित सामाग्रीहरुको प्रयोग र मिश्रणबाट तयार गरि केवल प्याक खोलेर रेष्टुरेन्ट् तथा बारको मोक्टेल्स जस्तै आनन्दको अनुभुती दिने गरी बनाइएको जनाइएको छ ।
‘बजारमा मोक्टेल जूसको ठूलो सम्भावना रहेको छ’, डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द« प्रधानले भने, ‘हामी विश्वस्त छौं कि हाम्रो उत्पादनले राम्रो गर्नेछ किनभने हामीले यी जूसको उत्पादनको लागि धेरै मात्रामा अध्ययन अनुसन्धान गरेका छौं ।’
‘रियल मोक्टेल्स, जूसहरुको भिडमा एउटा भिन्न पहिचान बनाएर खडा हुनेछ, किनभने मोक्टेल र कक्टेलका पारखीहरुको लागि यो एउटा नयाँ अविस्कार हो जसले घरमै मोक्टेल र कक्टेलको स्वाद र अनुभव दिनेछ’ उनले भने ।
रियल मोक्टेल, आकर्सक टेट्रा प्याकमा हाल १ लिटरको प्याकमा उपलब्द छ जसको मूल्य २ सय २० रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण