मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने

मङ्गलबार, १२ साउन २०८३, १८ : १२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीले मंगलबार दाबी पेस गरेका छन्।
  • शाहीको नियुक्ति र शपथ भने बुधबार हुनेछ।
  • शाहीलाई नेकपाका १४ र नेकपा एमालेका १० जना गरी २४ जना सदस्यको समर्थन छ।

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति र शपथ भने बुधबार हुने भएकाे छ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार भोलि शपथ अगाडि नै नियुक्त गर्ने सल्लाह भएको छ । 

शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ ।

४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ ।दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए ।यद्यपि पत्रमा भने एमाले संसदीय दलका नेता यामलाल कँडेलकै हस्ताक्षर रहेको छ । 

मुख्यमन्त्रीका लागि दाबी पेस गरेका शाही भोलि कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप