गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ ।
नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा स्टाण्र्डड नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिए ।
गण्डकी प्रदेशमा पर्ने कास्की, गोरखा, लम्जुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका सञ्चालकलाई उक्त ऐनअनुसार कारवाही गरिएको हो ।
त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि एक हजार ७८ र पुरानो २८ वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौलयन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न शीर्षकबाट रु ७८ लाख ५२ हजार नौ सय ६७ राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता श्रेष्ठको निधनले पार्टी र देशकै लागि अपूरणीय क्षति भयो : गगन थापा
-
संस्थाभन्दा व्यक्ति हाबी हुँदा लोकतन्त्र कमजोर बन्यो : उज्यालो नेपाल पार्टी
-
विदेशमा रहेका नेपालीलाई मतदान र इन्टरनेट भोटिङका लागि कानुनी सुधार आवश्यक : डा. राजीव सुब्बा
-
कृषि सामग्री कम्पनीको विज्ञापन विवाद: न्यूनतम योग्यता नपुगेको ठहर गर्दै सर्वोच्चद्वारा रिट खारेज
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण