नेकपा कर्णाली संसदीय दलको बैठक : एमालेसँगको तिक्तता बिर्सिएर मजबुत सम्बन्ध बनाइने निष्कर्ष
सारांश
- कर्णालीमा नेकपा संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि दलका नेता मंगलबहादुर शाहीको दाबी प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको छ ।
- बैठकमा एमालेसँगको तिक्ततालाई बिर्सिएर मजबुत सम्बन्ध स्थापित गर्ने निष्कर्ष निकालिएको छ ।
- मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहणपछि मन्त्रिमण्डल विस्तार हुने सम्भावना छ ।
सुर्खेत । मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु भन्दा अगाडि कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको बैठक बसेको छ ।
२ बजेदेखि बसेको करिब ४५ मिटेन बसेको दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता मंगलबहादुर शाहीको दाबी पेस प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको छ ।
त्यो बाहेक अन्य मन्त्री बनाउने लगायतका विषयमा आज खासै छलफल नभएको प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए ।
योसँगै अबको केही घण्टाका नेकपा दल नेता शाही मुख्यमन्त्री नियुक्त हुनेछन् ।यद्यपि आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना भने कम छ ।
जिसीले मुख्यमन्त्रीले शपथ लिइसकेपछि मन्त्रिमण्डल विस्तार हुनसक्ने बताए ।‘मुख्यमन्त्रीको नियुक्ति मात्रै गर्ने होला आज, शपथ ग्रहण गरिसकेपछि बल्ल पदभार हुन्छ अनि त्यसपछि मन्त्रिमण्डल विस्तार हुन्छ,’ उनले भने ।
त्यस बाहेक दलको बैठकमा एमालेसँगको सहकार्यका विषयमा छलफल भएको थियो । जसमा यसअघि एमाले–नेकपाबिचको तिक्ततालाई बिर्सिएर मजबुत सम्बन्ध स्थापित गर्ने निष्कर्ष निकालिएको जिसीले बताए ।
केन्द्रमा नेकपा–एमालेबिच समीकरणको चर्चा भइरहँदा कर्णालीमा नेकपाले कांग्रेसँग मिलेर एमालेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्तावमा साथ दिएको थियो ।
नेकपाकै कारण सत्ता ढलेको भन्दै कँडेल र एमाले नेकपासँग खासै सन्तुष्ट छैनन् । तर कँडेलको राजीनामा लगत्तै केन्द्रमा ओली–प्रचण्डबिच सहमति भयो । र, कर्णाली सरकारको नेतृत्व नेकपाको भागमा पर्यो ।
अहिले नेकपालाई जसको सत्ता आफैले ढाल्यौँ उसैसँग सहकार्य गर्नुपर्दा केही असहजता पैदा भइरहेको छ । अब यसअघिको तिक्ततालाई बिर्सिएर एमालेसँग मजबुत सत्ता सहकार्य गरिने सचेतक जिसीले बताए ।
‘विगतमा भएका कमी कमजोरीहरूका बारेमा समीक्षा भयो, हाम्रो दलको तर्फबाट भएका कमी कमजोरीहरूलाई समीक्षा गर्ने र सौहार्दपूर्ण तरिकाले सम्बन्ध विस्तार गर्ने भन्ने भयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण