भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
सारांश
- तत्कालीन वडाध्यक्ष विजय कुमार यादवले भारत सरकारले उपहारस्वरूप दिएको एम्बुलेन्सलाई ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- यादवले वडाबासीको निःशुल्क सेवाका लागि प्राप्त एम्बुलेन्स सरकारी कोषमा दर्ता नगरी निजी सम्पत्ति सरह सञ्चालन गरी १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको ठहर छ।
- अख्तियारले यादवलाई बिगो बमोजिम जरिवाना, कैद सजाय र बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल उपर गर्न मागदाबी गरेको छ।
काठमाडौँ । धनुषाको विदेह नगरपालिका वडा नं. ५ का तत्कालीन वडाध्यक्ष विजय कुमार यादवले भारत सरकारले उपहारस्वरूप दिएको एम्बुलेन्सलाई ३ वर्ष ५ महिनासम्म निजी सम्पत्ति सरह प्रयोग गरी आफूखुसी भाडा असुलेको खुलासा भएको छ।
भारतीय राजदूतावासबाट वडाबासीको निःशुल्क सेवाका लागि प्राप्त एम्बुलेन्स सरकारी कोषमा दर्ता नगरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारको अनुसन्धान अनुसार यादवले २०७७ साल असोज १४ गते भारतीय राजदूतावाससँग सम्झौता गरी वडाबासीका लागि निःशुल्क सेवा दिने गरी एम्बुलेन्स प्राप्त गरेका थिए ।
तर, उनले उक्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी विवरणमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर निजी सवारी साधन जस्तै सञ्चालन गरेको पाइएको अख्तियारले जनाएको छ ।
३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर गुडाइएको उक्त एम्बुलेन्सको सञ्चालन लगबुक, इन्धन खर्च र आम्दानीको कुनै पनि आधिकारिक रेकर्ड नराखी उनले व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको अख्तियारको जिकिर छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाको दररेट अनुसार कच्ची बाटोमा गुडेको भाडा दरलाई आधार मान्दा यादवले जम्मा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना र हानीनोक्सानी गरेको अख्तियारको ठहर छ।
अनुसन्धानको क्रममा कानुनी कारबाहीबाट जोगिने उद्देश्यले यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ बुझाए पनि बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल उपर गर्नुपर्ने देखिएको अख्तियारको भनाइ छ ।
अख्तियारले पूर्व वडा अध्यक्ष यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफा अन्तर्गत बिगो बमोजिम जरिवाना, कैद सजाय र बाँकी बिगो रकम असुल उपर गर्न मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले मङ्गलबार जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण