मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश सरकार

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस

मङ्गलबार, १२ साउन २०८३, १७ : २४
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् ।
  • मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् ।
  • उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

सुर्खेत। कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् ।

मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् ।

उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए ।

शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दैछन् भने २ वर्ष प्रमुख प्रतिपक्षमा रहेको नेकपा सत्ता समीकरण बदलिएसँगै पुनः सत्तामा फर्किएको छ । 

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार, शाहीको नियुक्ति आजै र शपथ भोलि हुनेगरी छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप