मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह

मङ्गलबार, १२ साउन २०८३, १६ : १७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोला नजिकै सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
  • मङ्गलबार दिउँसो करिब ३ बजे पहिरो खसेकोमा सडक डिभिजनको टोलीले करिब एक घण्टामा पहिरो पन्छाएर यातायात सुचारु गराएको हो ।
  • सडक डिभिजन भरतपुरले सवारी चालकहरूलाई सावधानी अपनाउन, लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी चलाउन र जथाभावी ओभरटेक नगर्न आग्रह गरेको छ ।

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोला नजिकै खसेको सुख्खा पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजे मुग्लिन नजिकै रहेको खहरे खोलामा सुख्खा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

पहिरो खसेलगत्तै खटिएको सडक डिभिजनको टोली र मेसिनको प्रयोग गरी दिउँसो ४ः०० बजे पहिरो पन्छाएर यातायात पुनः सुचारु गराइएको हो ।

सडक खुलाइए तापनि सवारीको सुरक्षा र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक डिभिजन भरतपुरले सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सडक डिभिजनले सम्पूर्ण चालकहरूलाई अनिवार्य रूपमा लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी साधन चलाउन र जथाभावी ओभरटेक  नगर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप