विवेकशील साझाले भन्यो : निर्वाचनमा नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी छौँ
विवेकशील साझा पार्टीले स्थानीय तहकाे निर्वाचनमा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएकाे बताएकाे छ । पार्टी प्रवक्ता शरदराज पाठकले साेमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा र निर्णय हुने बताएका हुन् ।
विवेकशील पराजितका विषयमा टिकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, 'कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्तावेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।'
उनले वैचारिक उथलपुथल र कमजोरीका बाबजुद इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता कहिल्यै नगुमाएकाे दाबी गरेका छन् । 'अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ,' विज्ञप्तिमा भनिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण