रौतामाई गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका मगर निर्वाचित
नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वीरेन्द्रकुमार मगरले बिजयी भएका छन् । थापालाई ८ सय ४२ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४ हजार १ सय ८८ मत ल्याउँदा थापाले ३ हजार ३ सय ४६ मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले ३ हजार ६ सय ९९ मत पाउँदा एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ९३ मत पाइन् । नेकपा एमालेकी उपाध्यक्ष ठकुरी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी भएकी थिईन ।
त्यसैगरी वडा नम्बर १ मा नेकपा एमालेका रुद्रबहादुर कार्की, वडा नम्बर २ मा नेकपा एमालेका होमबहादुर दाहाल, वडा नम्बर ३ मा नेकपा एमालेका दिपेन्द्र दाहाल, वडा नम्बर ४ मा नेपाली काँग्रेसका रबिन्द्रकुमार खत्री, वडा नम्बर ५ मा नेकपा एमालेका पाण्डव राई, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका पृथ्मीकुमार राई, वडा नम्बर ७ मा नेकपा एमालेका मनोजकुमार राना मगर र वडा नम्बर ८ मा नेपाली काग्रेसका घमानसिंह थापा बिजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण