इलामको चुलाचुलीमा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा निर्वाचित
मङ्गलबार, ०३ जेठ २०७९, ११ : ३१
इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।
केरुङले ६ हजार ६५० मत पाउँदा खनालले ३ हजार ७५५ मात्रै मत पाएका छन् । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो । उनै केरुङलाई हराउँदै एमालेका प्रदिपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छिन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुक बहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बुले ४ हजार ४५० मत पाएकी छिन भने लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण