गगन थापाको वडामा पनि सिर्जनाभन्दा बालेन अगाडि
मङ्गलबार, ०३ जेठ २०७९, १८ : ५२
नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएको छ । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण