शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

मङ्गलबार, ०३ जेठ २०७९, १९ : ४१
मङ्गलबार, ०३ जेठ २०७९

तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति पाएका छन् । मंगलबार बीमा समितिले यी तीनवटै कम्पनीलाई बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम औपचारिक रुपमै मर्जरको सहमति दिएको हो । 

साथै यी कम्पनीहरुलाई सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ । यी कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै सोका लागि सहमति दिन समितिमा निवेदन दिएका थिए । 

यसअघि नै बीमा समितिले बैशाख २३ गते बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिनका लागि सैद्धान्तिक सहमति दिइसकेको छ । 

केही समयअघि बिमा समितिले समय सीमा नै तोकेर आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पु¥याउन र निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० लाख पु¥याउन निर्देशन गरेसँगै कम्पनीहरुले धमाधम पुँजी वृद्धिको सहारा मर्जरलाई लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप