शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसको गढमा एमाले  विजयी

बुधबार, ०४ जेठ २०७९, १६ : ५७
बुधबार, ०४ जेठ २०७९

नेपाली काँग्रेसको गढ मानिएको मोरङको सुनवर्षी नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका श्याम प्रसाद राजवशि ८ हजार ६ सय ३९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन ।  

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यज्ञ बहादुर कार्कीले ६ हजार ९ सय ५२ मत ल्याएका छन् । उपमेयरमा मिरा देवि दास केवरतले ८ हजार ३ सय ८३ मतसहित विजयी भएका हुन । काँग्रेसकी विमला विमला देवि केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छन् ।

सुनवर्सिमा अघिल्लो चुनावमा मेयर उपमेयरनै काँग्रेसले  जितेको थियो । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पकट मानिएको यस पालिकामा पहिलो पटक एमालेले जितेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप