प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी
प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन भने बाँकी छ ।
हालसम्म आएको मत परिणाम अनुसार नेपाली कांग्रेस ५३, एमाले ३४, माओवादी केन्द्र १२, जनता समाजवादी २, राप्रपा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र २ जनाले प्रमुखमा जितेका छन् । २०७४ सालको निर्वाचनमा ६९ स्थानीय तह जितेको थियो । कांग्रेसले त्यसबेला ५१, माओवादीले ९, राप्रपाले ३ र जसपाले २ स्थानीय तहमा जितेका थिए । प्रमुखको तुलनामा माओवादी र एमालेले उपप्रमुखमा अझै धेरै जितेको छ । एमालेले ४१ उपप्रमुख र उपाध्यक्ष पद जितेको छ ।
माओवादीले उपप्रमुख र उपाध्यक्ष भने २० वटा जितेको छ । राप्रपाले २ उपप्रमुख जितेको छ । जसपाले पनि २ उपप्रमुख जितेको छ । १ स्थानीय तह जितेको नेकपा एकीकृत समाजवादीले उपप्रमुख र उपाध्यक्षमा भने ५ जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण