शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अँगालोभरिको अनुभूति विमोचित

शनिबार, ०७ जेठ २०७९, १९ : २१
शनिबार, ०७ जेठ २०७९

कवि वसन्त श्रेष्ठको गद्य सङ्ग्रह ‘अँगालोभरिको अनुभूति’को विमोचन गरिएको छ । होटल हार्दिक बागबजारमा आयोजित एक समारोहबीच प्रमुख अतिथि कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले उक्त कृतिको विमोचन गरेका हुन् । विमोचित कृतिमाथि कवि गोविन्द गिरी प्रेणाले आफ्नो धारणा राखेका थिए ।

साहित्यपोष्ट डट कमका सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा आयोजित सो कार्यक्रमा कवि विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ, हरि अधिकारी, भागीरथी श्रेष्ठ, लव गाउँले, राजेन्द्र शलभ, साहित्यिक पत्रकारहरू जयदेव भट्टराई, त्रिभुवन चन्द्र वाग्ले, प्रद्युम्न जोशी, ध्रुव मधिकर्मी, उषा केसी, जय छाङ्छा, उमेश अकिञ्चनलगायत  विशिष्ट साहित्यकारहरुको उपस्थिति थियो । कवि मणि लोहनीले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप