गृहमन्त्रीको गृहनगरमा काँग्रेस र एमालेबीच कडा टक्कर

गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रुपन्देही तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबीच कडा टक्कर परेको छ । आइतबार विहान ९ बजेको गतगणना अपडेट अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाणले झिनो अग्रता बनाएका छन् ।
गृहमन्त्री खाणका सहोदर भाइ समेत रहेका काँग्रेस उमेदवार रामकृष्णले १० हजार ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि छन् ।
उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्रता छ । उनले १० हजार ५८८ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ५३५१ मत ल्याएका छन् । यहाँ २८ हजार २७१ मत गणना भएको छ। गृह जिल्ला रूपन्देही भएका गृहमन्त्री खाणले तिलोत्तमा ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका थिए । गृहमन्त्री खाणको तिलोत्तमा प्रतिष्ठाको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन