बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?

बुधबार, ३१ वैशाख २०८२, १० : ४४
बुधबार, ३१ वैशाख २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका दोहोर्याए।
  • ट्रम्पले साउदी-अमेरिका लगानी मञ्चमा सम्बोधन गर्दै युद्धविरामको मध्यस्थता गरेको बताए र यसमा व्यापारको प्रयोग गरेको उल्लेख गरे।
  • ट्रम्पले दुवै देशका नेताहरूलाई प्रशंसा गर्दै युद्धविराम सम्झौतामा उपराष्ट्रपति र विदेशमन्त्रीको भूमिकाको प्रशंसा गरे।
  • पाकिस्तानी प्रधानमन्त्रीले ट्रम्पलाई धन्यवाद दिएका छन् भने भारतले यस विषयमा मौनता साँधेको छ।

जेद्दाह । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारत र पाकिस्तानबिचको युद्धविराममा अमेरिकाको भूमिका दोहोर्‍याएका छन् । साउदी अरेबिया पुगेका ट्रम्पले रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा भारत–पाकिस्तानको उल्लेख गर्दै त्यो द्वन्द्वमा लाखौं मानिसहरू मारिन सक्ने पनि बताए । 

‘मेरो सबैभन्दा ठुलो आशा छ कि म शान्ति स्थापित गर्ने र मानिसहरूलाई एकताको धागोमा बाँध्ने व्यक्ति बनुँ । मलाई युद्ध मनै पर्दैन,’ ट्रम्पले भने । उनले भने, ‘केही दिन अघि मात्रे भारत र पाकिस्तानबिच बढ्दो हिंसा रोक्न मेरो प्रशासनले ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो ।’  यसमा क्रममा आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको पनि उनले बताए । 

‘मैले भनेँ कि हिडँ सम्झौता गरौँ, व्यापार गरौँ । आणविक क्षेप्यास्त्रहरूको व्यापार नगरौँ, बरु ती चिजको व्यापार गरौँ जुन तपाईँहरूले यति सुन्दर ढङ्गले बनाउनुहुन्छ ।’ अझ अगाडि ट्रम्पले भने । उनले भारत र पाकिस्तान दुवै देशका नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताको रूपमा वर्णन गरेका छन् । दुई देशबिच युद्धविराम सम्झौता भएकोमा ट्रम्पले खास गरेर अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्काे रुबियोको प्रशंसा गरे । 

भारत र पाकिस्तानबिच युद्धविराम गराएको श्रेय ट्रम्पले लिइरहँदा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ट्रम्पलाई धन्यवाद भनेका छन् । तर भारत यस विषयमा अहिलेसम्म मौन छ । उसले न त युद्धविराममा अमेरिकी भूमिका बारे केही बोलेको छ । न त ट्रम्पको अभिव्यक्तिप्रति नै कुनै टिकाटिप्पणी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप