नौ जनप्रतिनिधिले लिए चाम्लिङ भाषामा शपथ
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य दलीमायाँ राई, दिक्षा राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका वडा सदस्य कल्पना राई, मंगलटारका वडा सदस्य टंकहादुर राई र सल्लेका वडा सदस्य दिनेश राईले चाम्लिङ भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा शपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको शपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताइन् । मेयर राईले नेपाली भाषामा शपथ खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा शपथ खाएका थिए । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा शपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए ।
११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ । यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण