महिनावारीका बेला बग्ने रगतले खोल्छ स्वास्थ्यको राज, यी संकेतलाई बेवास्ता नगर्नुहोस्
महिनावारीका बेला हुने समस्यासँग सबै महिला जानकार छन् तर यतिबेला श्राव हुने रगतले तपाईंको स्वास्थ्य र रोगबारे धेरै कुरा बताउँछ ।
वर्ल्ड बैंकका अनुसार विश्वभरी दैनिक लगभग ८० लाख महिला महिनावारीबाट गुज्रन्छन् । महिनावारीका निस्कने रगतको रङले ब्याक्टेरियल संक्रमण, यौनजन्य रोगको संकेत दिन्छ ।
भारतको आयु हेल्थ अस्पतालकी एमबीबीएस डाक्टर अनन्या आरका अनुसार महिलामा महिनावारीको सुरुवाती केही वर्षमा हुने रक्तश्रावको रङ परिवर्तन हुनु साधारण कुरा हो । यतिबेला रगत रातोबाट खैरो हुनसक्छ । महिनावारीको साइकलका बेला रगतको रङमा परिवर्तन हुनसक्छ ।
उदाहरणका लागि सुरुवातमा रगतको रङ गहिरो रातोबाट सुरु भएर उमेरको एक चरणमा महिनावारी समाप्त हुँदा खैरोसम्म हुन सक्छ । सुरुमा यसको रङ खैरो पनि हुनसक्छ र बिस्तारै यसमा परिवर्तन भएर रातो पनि हुनसक्छ ।
उनले भनिन्, ‘यदि तपाईंको महिनावारीको रगतको रङ सामान्यको तुलनामा हल्का रातो हुँदै गइरहेको छ भने यो चिन्ताको कुरा हो । केही स्थितिमा रगतको रङ डार्क पर्पल रेड पनि हुनसक्छ । यो ती महिलामा सामान्य हुन्छ जसलाई विगतमा फाइब्रोएड वा एन्डोमेट्रियोसिस भएको छ ।’
जुन महिलाको महिनावारीको रङ गहिरो रातो हुन्छ उनीहरुलाई गर्भधार(ा गर्न समस्या हुनसक्छ वा रगत जम्ने समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा गर्भावस्थाका बेला सालमा हानी पुग्नसक्छ । यदि कसैमा यस्तो कुनै लक्षण मात्रै पनि छन् भने उनीहरुले डाक्टरको सल्लाह लिनुपर्छ ।
बेंगलुरुका मिलान फर्टिलिटी अस्पतालकी डाक्टर स्नेहा डी शेट्टीका अनुसार महिनावारीले महिलाको स्वास्थ्यबारे धेरै कुरा जानकारी दिन्छ । कति दिनसम्म रगत बगिरहेको छ, यतिबेला रगत कति बग्यो, रगतको रङ र यसको लक्षणले महिलाको स्वास्थ्यबारे धेरै कुरा बताउँछ ।
उनले भनिन्, ‘साधारणतया धेरैजसो महिलाको दुईदेखि पाँच दिनसम्म रक्तश्राव हुने गर्छ । महिनावारीमा बग्ने रगत हर्मोन एक्टिभिटी, महिनावारीको अवधि, संक्रमण, स्वास्थ्य स्थिति जस्ता थुप्रै कुराको संकेत दिन्छ । यसबारे पत्ता लगाएर समयमा नै उपचार गरेर थुप्रै रोगबाट बच्न सकिन्छ ।
गहिरो रातो रङः
महिनावारीको सुरुवातमा रगतको रङ हल्का रातो हुनसक्छ । गहिरो रातो रङले फाइब्रोयड युटेरस, गर्भपात, एक्टोपिक प्रेग्नेन्सीको संकेत दिन्छ ।
महिनावारीको रगतको रङ खैरो, पहेँलो, सुन्तला रङको, हरियो वा रगतबाट दुर्गन्ध आउनु ब्याक्टेरियल इन्फेक्सन वा यौन रोगको संकेत हुनसक्छ ।
यसबाहेक यदि महिनावारीको श्राव असाध्यै धेरै वा जम्ने समस्या छ भने महिनावारी सातदेखि आठ दिनभन्दा बढीसम्म भइरहेको छ वा महिनावारी निकै छिटो वा निकै ढिलो भइरहेको छ भने यस्तो स्थितिमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण