
बालेनको जितको उल्लास, तस्बिरमा हेर्नुहोस्

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जितसँगै समर्थकले खुसीयाली बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नवनिर्वाचित मेयर र उपमेयरलाई औपचारिक रुपमा विजयी घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।
सो क्रममा साहले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बताए ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरुवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताए । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने । त्यसपछि समर्थकहरुले बालेनसहितको विजय तथा धन्यवाद जुलुस निकालेका थिए ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ