विपत्मा उद्धारको अभ्यास महत्त्वपूर्ण ः मन्त्री कार्की
वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पीडितहरुलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताए ।
पूर्व अभ्यासका क्रममा अभ्यासमा खटिएका सुरक्षाकर्मीको टिमले विपत् भएकै अवस्थाको अभ्यास गरेका थिए । मन्त्री कार्कीले आफूले देखेको, सुनेको तथा पढेको भन्दा पनि आफैले महसुस गरेको सिकाई महत्त्वपूर्ण सिकाई हुने भएकाले पनि पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।
मन्त्री कार्कीले विपत् प्रभावित क्षेत्रको नक्साङ्कनका साथै त्यस ठाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । पूर्व अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै रेडक्रसका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण