सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते
आइतबार, २९ जेठ २०७९, १४ : २७
सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण