अहिले पनि हामीले बिहे गरेको जस्तो लाग्दैन : रणवीर
रणवीर कपुर र आलिया भट्ट बलिउडको सबैभन्दा हट जोडी मध्ये एक हुन् । हालै रणवीरले नयाँ अन्तर्वार्तामा पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा कुरा गरेका छन् । उनले विवाहपछि आफू र आलियाले व्यावसायिक र व्यक्तिगत जीवन कसरी म्यानेज गरिरहेका छन् भन्ने बताए ।
उनले भने, "विवाहपछि हाम्रो जीवनमा कुनै ठूलो परिवर्तन आएको छैन। हामी ५ वर्ष सँगै थियौँ, त्यसैले बिहे गरौँ भन्ने सोचेका थियौँ। तर हाम्रो काममा केही कमिटमेन्टहरू छन्, पहिले पूरा गरौँ भन्ने थियो ।"
रणवीरले थपे, "विवाहको भोलिपल्टै हामीले आफ्नो काम सुरु गरेका थियौँ। आलिया उनको सुटिङको लागि गइन् भने म पनि आफ्नो फिल्मको सुटिङ गर्न मनाली गएँ। उनी लन्डनबाट फर्किएपछि र मेरो फिल्म शमशेरा रिलिज भएपछि एक साताको बिदा लिने योजनामा छौँ।। अहिले त हामी बिहे गरेको जस्तो लाग्दैन।"
रणवीर र आलियाको विवाह मुम्बईस्थित आफ्नो घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो । ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण