अक्षयकुमारको ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह चड्ढा’ भिड्ने
बिहीबार, ०२ असार २०७९, १६ : ४१
अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ ११ अगस्टमा रिलिज हुने भएको छ । अक्षयले बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । फिल्मका निर्देशक आनन्द एल राय हुन् । अक्षयकुमारले एक भिडियो शेयर गर्दै फिल्मले मानिसहरुको बलियो सम्बन्धको कथा उठाएको बताएका छन् । अक्षयकुमारले ‘रक्षाबन्धन’ को रिलिज डेट बताएको मितिमा अभिनेता आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि रिलिज हँुदैछ ।
‘रक्षाबन्धन’ अक्षयकुमारको अलवा भूमि पेडनेकरको पनि मुख्य भूमिका छ । फिल्मको कथा हिमांशु शर्मा र कनिका ढिल्लोले लेखेका हुन् । फिल्म कलर येलो प्रोडक्शन, जी स्टुडियो, अल्का हिरान्दावी र केप ओप गुड फिल्मस्ले मिलेर बनाएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण