शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निःशुल्क शिविरमा डा.शेखर कोइरालाले जाँचे बिरामी

शुक्रबार, ०३ असार २०७९, ०६ : ४८
शुक्रबार, ०३ असार २०७९

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नोबेलका डाक्टरहरूसँगै नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । सो अवसरमा बोल्दै नेता कोइरालाले नोबेलले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।

शिविरमा १ हजार १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २१४ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १२१ जनाको इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको  छ । उनीहरुले नोबेलमा उपचार गराउँदा उपचार सेवामा ५० प्रतिशत छुट पाउँनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप