कचनकवलमा एक वर्षमा २४५ जना सर्पले टोकेका बिरामीको उपचार
झापाको कचनकवल गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा २४५ जनाको उपचार गरिएको छ ।
गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा आएको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा ६ जना विषालु सर्पले टोकेका सहित २४५ जनाको उपचार गरिएको हो ।
नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकामा शुरु गरिएको सर्पदंश उपचार केन्द्रमा भद्रपुर नगरपालिका ,बाह्रदशी गाउँपालिका र छिमेकी मुलुक भारतबाट समेत सर्पले टोकेका बिरामी उपचार गर्न आउने गरेको पाइन्छ ।
प्रमुख यादवका अनुसार ७ वर्ष उमेर समूह देखी ७० वर्ष सम्मका सर्पले टोकेर उपचार गर्न आएको र हालसम्म सफल उपचार गरिएको छ ।
सर्पले टोकेका बिरामीले उपचार गर्दा ३ सय ५० रुपैयाँ देखि ११ सयसम्म शुल्क तिर्नु पर्ने हुन्छ । अन्य सबै खर्च केन्द्रमा निशुल्क गरिँदै आइएको छ ।
विषालु सर्पले टोकेका बिरामीलाई दिने सुई एन्टि इस्नेक भेनम भने नेपाल सरकारले निशुल्क उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण