आफ्नो जन्मदिन नमनाउन राहुल गान्धीको अपिल
भारतीय कांग्रेस नेता राहुल गान्धीले पार्टीका नेता तथा कार्यकर्तालाई आइतबार आफ्नो जन्मदिन नमनाउन अपिल गरेका छन् । राहुल गान्धीले पार्टीका कार्यकर्ता र नेताहरूलाई सन्देश जारी गर्दै देशका युवाहरू आक्रोशित रहेको र सडकमा आन्दोलन गरिरहेको बताएका छन् । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ता युवाको साथमा उभिनुपर्ने उनको भनाइ छ ।
कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी आइतबार ५२ वर्षको भएका छन् । कांग्रेस नेता जयराम रमेशले ट्विटरमा राहुल गान्धीको सन्देश ट्वीट गरेका छन्। यसमा राहुल गान्धीले देशको वातावरण निकै चिन्ताजनक रहेको बताएका छन् । सेना भर्तीको लागि 'अग्निपथ' योजनाको विरुद्ध देशका धेरै भागहरूमा भइरहेको विरोधको सन्दर्भमा राहुल गान्धीले भनेका छन्, "देशका युवाहरू निराश छन्। हामी यस समयमा उनीहरू र उनीहरूको परिवारसँग उभिनु पर्छ।"
"मेरो जन्मदिन कुनै पनि हालतमा नमनाउन म देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई अपिल गर्दछु," उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण