मूल्यवृद्धिको विरोधमा युवक संगठन नेपालले निकाल्यो राँके जुलुस (तस्बिरहरु)
मङ्गलबार, ०७ असार २०७९, २० : ४०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट भ्रातृ संगठनले हेटौंडामा राँके जुलुस निकालेको छ । राप्रपाको भ्रातृ संगठन नेपाल युवक संगठन मकवानपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा मंगलबार हेटौंडाको कान्तिराजपथदेखि सिमाचोकसम्म्म राँके जुलुससहित प्रदर्शन गरेको हो ।
हेटौंडाको कान्तिराजपथबाट निकालेको राँके जुलुस बुद्ध चोक हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संगठनले राँके जुलुससहित पेट्रोलियम पदार्थ मूल्यवृद्धि तत्काल फिर्ता लिन, कालोबजारी र घुसखोरिलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरेका थिए । सरकारले सोमबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण