सीमावर्ती क्षेत्रबाट १३ वर्षीय बालिकाको उद्धार, प्रेमी जोडी पक्राउ
नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ । झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो ।
नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको मध्ये एक जना भारतीय नागरिक रहेका छन् । भारतको मुझपपुर घर भइ झापाको बिर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीय हिरा सहनी र १८ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सहनी र बारा जिल्ला घर भएकी युवती प्रेमी प्रेमिका हुन् ।
उनीहरूको सामाजिक सञ्जालमार्फत दुई वर्ष अगाडिदेखि चिनजान भएपछि नजिकिएका थिए । ‘सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर बिर्तामोड बलाएको रहेछन् । प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका रहेछन् । त्यहीँका १३ वर्षीय बालिकासँग हिराको राम्रो चिनजान भएकोले नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै डेराबाट लिएर आएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछि विराटनगर ल्याएपछि बोर्डरमा कसैले सोधे मेरा बाबुआमा कोही छैन । मेरो आफन्त भनेको मेरो उहाँहरु दाजु, दिदी हो । भन्न लगाएर भारत लैजाने क्रममा नियन्त्रणमा लिएको हो ।’
इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण