जिसस उदयपुरमा गठबन्धनका उम्मेदवार विजयी
उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।
कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए ।
जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुमारी विश्वकर्मा र कांग्रेसबाट मन्जुकुमारी परियार निर्वाचित भएका छन् ।
दलित तथा अल्पसंख्यक सदस्यबाट ‍माओवादी केन्द्रका पदकुमार राई, सदस्यहरूमा माओवादी केन्द्रका इन्द्रबहादुर थापा, कांग्रेसका विष्णु कटुवाल, भीमचन्द्र राई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धन दलहरूबीच एकीकृत समाजवादीले समन्वय प्रमुख र काँग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण