चुनावको तयारीमा राप्रपा, केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै
राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ ।
स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले जानकारी दिए ।
आइतबारसम्म चल्ने प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिने विभागका सदस्य सचिव दिनेश कार्कीले बताए । कार्कीका अनुसार उपाध्यक्ष ध्रुव बहादुर प्रधान, प्रा.डा. गिताभक्त जोशी, पूर्वमन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य, प्रवक्ता भक्ति प्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा.राजेश गिरी, अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल, आइटी विज्ञ विप्लव मान सिंह, रविन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रम सकिनासाथ प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भातृ संगठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने विभागको कार्ययोजना रहेको कार्कीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण