विराटनगरका उद्योगी–व्यवसायी र मजदुरद्वारा आन्तरिक राजस्व कार्यालय घेराउ
विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् ।
धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरित सरकारले बजेट ल्याएको बताए । उनले बजेटमा भएका व्यवस्थाले जिआइ वायर, सेनिटरी प्याड उद्योगलाई धेरै असर गरेको भन्दै बजेट संशोधनको माग गरे ।
सोही कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारले विभिन्न चरणमा आफूहरुसँग बजेटमा समेट्नुपर्ने विषयबारे छलफल गरेको भएपनि त्यो नाटक मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे ।
‘विभिन्न नाममा हामीसँग सल्लाह, सुझाव माग भइरहन्छ, हामीले पनि दिइरहन्छौं, तर सरकारले केही उद्योगलाई पोस्नका लागि हाम्रा साझा सुझावलाई बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘हामीसँग सुझाव माग्नु भनेको नाटक जस्तो मात्रै रहेछ ।’ प्याकुरेलले सरकारले यस्तै खालका व्यवस्थाहरु गर्दै जाने हो भने नेपालका उद्योगीहरुले देश छोड्नुपर्ने अवस्था आउने दाबी पनि गरे ।
यस्तै मजदुर संगठनका नेताहरुले उद्योगीको माग पुरा नभए आफूहरु आइतबारदेखि सडक ठप्प पार्ने बताए । समाजवादी टे«ड युनियन प्रदेश १ का अध्यक्ष मो. नसरुलले उद्योग बन्द भए हजारौं मजदुरले रोजीरोटी गुमाउने भन्दै सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ‘सरकारले हाम्रा माग पुरा नगरे उद्योगीसँग मिलेर हामी आइतबारदेखि सडक ठप्प गर्छौं,’ उनले भने । कार्यक्रममा टे«ड युनियन महासंघका नेता किशोर धमला, अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ का सहइन्चार्ज उपेन्द्र रायलगायतले बोलेका थिए ।
धर्नामा उद्योगका मजदुर तथा उद्योगीहरुको सहभागिता थियो । उक्त आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ लगायतका पदाधिकारी पनि सहभागी थिए । यस्तै विभिन्न पार्टी निकट मजदुर संगठनहरुले पनि उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण