भुटानी शरणार्थीका ‘सेन्सस स्लिप’ अपडेट गरिँदै
भुटानी शरणार्थीको पारिवारिक ‘सेन्सस स्लिप’ अपडेट गरिने भएको छ । जिल्ला स्थित शरणार्थी समन्वय इकाईले अपडेटका लागि सूचनासमेत जारी गरेको छ । उसले पारिवारिक जनगणनाका लागि शरणार्थी शिविरमा निवेदनको ढाँचा पनि वितरण गरेको छ ।
अहिले भुटानी शरणार्थी दमकस्थित बेल्डाँगी र मोरङको पथरीशनिश्चरेस्थित गरी करिब साढे ६ हजार भुटानी बस्दै आएका छन् । उनीहरूको ‘सेन्सस स्लिप’ सोमबारदेखि अपडेट गरिने भुटानी शरणार्थी शिविर बेल्डाँगीका शिविर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । ‘लामो समयदेखि सेन्सस स्लिप अपडेट नहुँदा उनीहरूको आइडीमा भएको हट नम्बर र उनीहरू बस्ने हट नम्बर फरक छ,’ उनले भने, ‘पुनर्वासले अहिले दुई वटा शिविरमा मात्र शरणार्थी छन् । कतिपय शरणार्थीलाई नयाँ हटमा ल्याइयो । तर, ठेगाना पुरानै छ ।’
झण्डै एक लाख १५ हजार भुटानी शरणार्थी पुनर्वास भएपछि अहिले शिविरमा करिब साढे ६ हजार शरणार्थी मात्र शिविरमा छन् । भुटानी शरणार्थी समस्या पूर्ण समाधान नभई दातृ निकाय युएनएचसीआरको दमक कार्यालय पनि बन्द छ । उनीहरूले पाउने अधिकांश सुविधा काटिएको छ । विगतमा शिक्षा, स्वास्थ्य शिविरमै थियो । हाल स्थानीय तह दमक नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाले हेर्दै आएका छन् ।
पुनर्वासका कारण भुटानी शरणार्थी पारिवारिक बिचल्लीको चपेटामा छन् । शिविरमा स्वदेश फर्कन चाहने र नेपालमै बस्न चाहने छन् । केही प्रक्रिया नपुगेर पुनर्वासमा जान रोकिएका छन् । हाल पुनर्वास बन्द छ । शिविरमा वृद्धवृद्धा धेरै छन् । पारिवारिक बिछोडले उनीहरू सकसपूर्ण जीवन बिताइरहेका छन् । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण