सप्तकोसीमा डुङ्गा दुर्घटना हुँदा एकजना बेपत्ता
शनिबार, ११ असार २०७९, १९ : ५१
सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चार जना युवा डुङ्गामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकाराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका विष्टको खोजी भइरहेको छ । गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजी कार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण